"कृषि, पर्यटन, उद्योग र स्वरोजगार,
समृद्ध भूमिकास्थानको मूल आधार"

header AD
संक्षिप्त विवरण

भूमिकास्थान नगरपालिका नेपालको लुम्बिनी प्रदेश अन्तर्गत अर्घाखाँची जिल्ला को पश्चिमी भागमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले सम्पन्न स्थानीय तह हो। नेपालको स्थानीय तह पुनःसंरचनाअनुसार साविकका ढाकाबाङ, धारापानी, असुरकोट, खिल्जी, नुवाकोट, ढिकुरा र धनचौर गाउँ विकास समितिहरूलाई समायोजन गरी वि.सं. २०७३ सालमा यस नगरपालिकाको स्थापना गरिएको हो। नगरपालिकाको कुल क्षेत्रफल १५९.१३ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या २८,१९२ रहेको छ। नगरपालिका प्रशासनिक रूपमा १० वटा वडामा विभाजित रहेको छ।

नगरपालिकाको नाम वडा नं. २ मा अवस्थित प्रसिद्ध धार्मिक आस्थाको केन्द्र भूमिकास्थान (भूमे) मन्दिर बाट नामकरण गरिएको हो। त्यस्तै वडा नं. १० मा रहेको पाथीभरा माताको मन्दिर, वडा नं. ९ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण सेङलेङस्थित मृगस्थली झरना, वडा नं. ८ को रमणीय पोखेडाँडा तथा वडा नं. ६ को दुर्वाङ लगायतका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय स्थलहरू आन्तरिक तथा बाह्य पर्यटकका प्रमुख आकर्षणका रूपमा परिचित छन्।

कृषि, पशुपालन, धार्मिक पर्यटन तथा प्राकृतिक सम्पदाको उच्च सम्भावना बोकेको भूमिकास्थान नगरपालिका दिगो विकास, सुशासन, समृद्धि र गुणस्तरीय सेवा प्रवाहतर्फ निरन्तर अग्रसर रहेको छ।

आधारभूत जानकारी
Lumbini
Arghakhanchi
नगरपालिका
159.13 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 28192
Male 12552
Female 15640
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website -
Map coordinates not available